المدة الزمنية 1:13:34

गायक Roj Moktanलाई प्रहरीले किन पक्राउ गरे गायक Chandra K. Dong र गायिका Indira Gole किन भए फरर

بواسطة Sara Khabar TV
7 769 مشاهدة
0
187
تم نشره في 2021/01/26

काठमाडौँ । नेपाल तामाङ कलाकार संघको संस्थापक अध्यक्ष तथा बरिष्ट संगीतकार र तामाङ समुदायको स्वर सम्राट भनेर चिनिने गायक चन्द्रकुमार दोङ, गायिका इन्दिरा गोले, गायक रोज मोक्तानले अहिलेसम्म कहि कतै नखुलाएको रहस्यमय सांगीतिक घट्नाकोबारेमा सारा खबरको कला शैली संवादमा खुलाएको छ । “सिसाम तामाङ सितोपा, बामन कुर्सीरी टितोपा” गीत गाए बापत प्रहरीले गिरफ्तार हनुमान ढोकाको प्रहरी चौकीमा ४ दिनसम्म याताना दिएको गायक रोज मोक्तानले खुलासा गर्नु भयो भने गायक इन्दिरा गोले र गायक चन्द्र कुमार दोङ फरार भएको स्वयं दवयले स्वीकार गरेका थिए । संवादको क्रममा गायक रोज मोक्तानले दैनिक पिटाइ खाएपछि दुखाईको महसुस नै नहुने अनुभव सुनाउदा गायिका इन्दिरा गोले र गायक चन्द्र कुमार दोङले हाँसो थाम्न सकेको थिएन । उहाँहरुले अहिलेसम्म कुनै पनि रेडियो, टेलिभिजन वा कुनै पनि अलनाइन टेलिभिजिनको सेटमा सँगै बसेर संवाद नगरेको स्वीकार गर्दै सँगै बसेर संवाद गर्दा विगतको धैरै घट्नाहरुको यादले पुनः सांगीतिक क्षेत्रमा नयाँ उर्जा थपिदिएको बताए । हुन त यी तीनै गायक गायीकाले तामाङ सांगीतिक क्षेत्रलाई इतिहासको एक हिस्सा थपिदिएको छ भन्दा फरक पर्दैन । तामाङ समुदायलाई गीत संगीतको माध्यमबाट चेतना छर्ने काम गरिदिएका छन् । सायद त्यसैको प्रभावले भन्नु पर्छ अहिले तामाङ समुदायमा म्यूजिक भिडियो निर्माण गर्ने जमात धेरै छ । गायक चन्द्र कुमार मोक्तानले एक प्रश्नमा भन्न् भयोः “म अहिले तामाङ समुदायमा लागेका नव प्रतिभा गायक गायिकाहरुलाई केहि भन्दिन । किन भने हाम्रो तामाङ समुदायले नै तिनीहरुलाई विस्तारै स्थापित र विस्थापित गर्ने छन् । राम्रा गायक गायिकालाई अवश्य नै समाजले स्थापित गराउने छन् भने नराम्रोलाई त्यसै पाखा लगाई दिनेछन् । त्यसकारण मैले किन यो भएन त्यो भएन भनेर गाली गर्ने ?”यही विचारमा गायिका इन्दिरा गोले र गायक रोज मोक्तान पनि राजी हुनुभयो । यो संवाद साँच्चिकै रुपमा तामाङ समुदायमा एक ऐतिहासिक नै भएको छ । हामीले यी तीने गायक गायिकालाई गीत संगीतको कार्यक्रममा सँगै देखिएको थियो तर संवादको क्रममा पाएको थिएन । उहाँहरुले हृदय देखि नै मनको पीडाहरु अनि खुशीका पलहरु हामीसँग बाँडेका छन् । अवश्य नै तपाईँहरुले पनि सुनेर, हेरे साथ दिनुहोला । जनताकाे प्रश्न, जनताकाे आवाज अनि जनताकाे समस्यालाइ सम्बन्धित निकायमा पुर्याएर समाधानकाे बाटाे खाेज्ने Sarakhabar TV काे प्रमुख लक्ष्य हाे । समाजमा भएका हरेक घटनाकाे वास्तविक गहिराइमा पुगेर समाचार वा भिडियाेकाे माध्यमबाट स्पष्ट गर्नु नै सारा खबर टि भी काे प्रमुख उदेश्य हाे । विशेष गरेर स्थानीय तहमा भएकाे वास्तवीक घटनालाई जनताकाे सामु प्रस्तुत गरेर भ्रष्ट्राचार निरमुल गर्ने उदेश्यका साथ भिडियाेहरू निर्माण गर्दै आइरहेकाे छ । Sarakhabar TV, Programme host: Milan Lama Dong, Camera : Sita Regmi, Bikash babu Shrestha, Editor: Milan Lama Dong, Amita Lama, youtube, Subscribe and Press the Bell icon to get all the News Update. /channel/UCjSzzRpiBv0tGiA3nHYFmbw?view_as=subscriber Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed) Page: https://www.facebook.com/SaraKhabarNepal, Group: https://www.facebook.com/groups/50585..., Twitter: https://twitter.com/home www.sarakhabar.com, admin@sarakhabar.com, #chandra#roj#indira#sara

الفئة

عرض المزيد

تعليقات - 32