المدة الزمنية 6:7

NEPALI MUKTAK BACHAN BY PRAKASH YOGI ।। प्रकाश योगीका दमदार मनछुने नेपाली मुक्तकहरु

بواسطة BN24 Nepal
900 مشاهدة
0
52
تم نشره في 2021/01/13

तपाईहरुले पनि हामिलाइ अाफ्नो मुक्तक पठाएर कार्यक्रममा सहभागी हुन सक्नुहुनेछ । साथै अाफ्नै अावाजमा रेकर्ड गराएर हामिलाइ पठाउनु भयो भने, हामी जस्ताको तस्तै राख्नेछौ । तपाईको रचना हामीलाई, मेल सङ्गै फेसबुकमा इनबक्स गर्न पनि सक्नुहुनेछ l Voice; Hira Magar Muktak: Prakash Yogi Video Edit: Sunil PanDU नसोची दायाँ नसोची बायाँ गर्छु भनिदिएँ मुहारमा पर्न दिन्न छाँया, गर्छु अनिदिएँ कति माया गर्छौ भनी उनले प्रश्न गरिन आफू भन्दा बढी माया, गर्छु भन्दिएँ बेचेर घर बेचेर खेतबारी, परदेश आएको हुँ मन,मुटु एकदम कठोर पारी, परदेश आएको हुँ साथीहरु भने मजाक लिन्छन् यता मेरो दु:ख मा उता बोकेर घरको जिम्मेवारी, परदेश आएको हुँ साथ दिने थिए जुनिजुनी, धोका दिएर गयौ बहाना बनाइ हुनि नहुनी, धोका दिएर गयौ तिमी मेरो जिन्दगी तिमी नै सबथोक हो भन्नेले राखेर आज पैतला मुनि, धोका दिएर गयौ टाढै बस नजिक आउन, पैसा लाग्छ भने त्यो बैँसालु जोबन पाउन, पैसा लाग्छ भने हो साच्चै तिमी जिन्दगीभर नहाँसेकै राम्रो यदि तिमीलाइ मुस्कुराउन, पैसा लाग्छ भने नहेरी घर नहेरी सम्पत्ति अथाह मन पर्छ !!!!!!! उन्नति भइरहेको छ"या प्रगती,अथाह मन पर्छ !!! मङ्सिर महिना लागेपछी के चैँ हुन्छन् यी आँखालाई देख्नै हुन्न अर्काको श्रीमती , अथाह मन पर्छ !!!!!!! जे-जति छन् नराखी अधुरा, जे पर्ला पर्ला नहुन पनि सक्छन् काम पूरा, जे पर्ला पर्ला हजुरहरुको समय यो बेला बेर्थै बितेको भए आउनुहोस् इनबक्समै गरौ कुरा, जे पर्ला पर्ला सुनाउँदै मीठा मीठा बात, जिस्काइ रहन्छे कसम गर्दिन भन्दै घात, जिस्काइ रहन्छे म अविवाहित हुँ भनेर उसलाई के भनेको थिए अचेल फोन गरेर दिनरात, जिस्काइ रहन्छे डर हुनेछ हेर त्यो दिन त्रास हुनेछ मलामिको काँधमा पनि लास हुनेछ जुन दिन तिमिले छोड्ने निर्णय गर्छ्यौ त्यहीँ दिन कात्रोमा प्रकाश हुनेछ गर्छु माया भनेकै हुँ अपार, छोडेर जानेलाई ठिक लागेन कि बानी व्यबहार, छोडेर जानेलाई मिठा मिठा सपना देखी व्यर्थै यो दिलमा सजाएछु पाउछु भन्दै तिमी जस्तो हजार, छोडेर जानेलाई छिनछिनमै कयौं पटक, कसरी बनाउछ्न् होला देखाएर अनेकौं चटक, कसरी बनाउछ्न् होला गाउँमा सेल्फी खिच्न लजाउने केटि ! शहर गएर भाइरल हुने टिकटक, कसरी बनाउछ्न् होला झनझन् बिगृदै गा'छ गति, बिचार गर्नु होला जति हुनुहुन्छ आफन्त जति,बिचार गर्नु होला यो फेस्बुक संजालमा एउटि औधी मन परेको छ मित्र हुन सक्छ कसैको श्रीमती, बिचार गर्नु होला बोल्नै छोडे आफन्त जन,चिन्ता लाग्दै छ महसुस भइराछ एक्लो पन,चिन्ता लाग्दै छ साहुको ऋण काँधमा बोकि म परदेशीएको बेला साहुले उता लग्दियो घर आँगन,चिन्ता लाग्दै छ प्रकाश योगी रुकुम facebook page:) https://www.facebook.com/BN24-Nepal-100256644925537/ Bibek Adhikari:) https://www.facebook.com/bibekadk105 Using this video on other platform is strictly prohibited. Mail us your information;) bnnepal24@gmail.com

الفئة

عرض المزيد

تعليقات - 7